ज्ञानेन्द्र बारे देउवाको टिप्पणी- संवैधानिक राजा बन्ने चाहना कहिल्यै गरेनन्

२०८१ चैत १६ गते

लुम्बिनी (मर्चवार) । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् ।
लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन् ।
सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे । उनले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे । उनले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहँदैमा यो व्यवस्था परिवर्तन हुँदैन भने ।
हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।

२०८१ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित