धवल शम्शेर पक्राउ परेको सूचना संसदमा पुग्यो

काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ ।

नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहेका राणा राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा पक्राउ परेका थिए ।

‘सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ’ प्रवक्ता गिरीले टेलिफोनमा भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *