पूर्वराजासँग बालेनले मागे ७ लाख ९३ हजार जरिवाना (पत्रसहित)


काठमाडौँ । काठमाडौँ महानगरपालीकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा जरिवानाबापत पत्र काटेको छ ।
शनिवार (आज) पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको हो ।
गत शुक्रवार काठमाडौँको तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा करोडौँको धनमाल क्षति भएको हुँदा महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकको हो ।
एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १९१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रुपैयाँको बिल महानगरपालिकाले निर्मल निवासमा पठाएको छ ।
तीनकुने घटनाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो जरिवाना तोकेको हो।
सिनामंगल क्षेत्रमा सडकपेटीमा जथाभाबी फोहोर गरेको, तीनकुनेमा रुखबिरुवा र रेलिङ तोडफोड गरेको, तीनकुने आइल्यान्डमा तोडफोड गरेको, तीनकुनेकै सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको महानगरपालिकाले पत्रमा उल्लेख गरिएको छ ।
साथै महानगरपालिकाको दमकलसहित अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएको लगायतका आरोपमा पनि यो जरिवाना तोकेको महानगरपालिकाले पत्रमा उल्लेख गरेको छ ।
