कर्पोरेटपेमा २० हजार भन्दा बढि संस्थाहरु आबद्ध

काठमाडौं । व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेटपेमा २० हजार भन्दा बढि संस्थाहरु आबद्ध भइसकेका छन् ।

यसका साथै नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिजिटल रूपान्तरणले महत्वपूर्ण उपलब्धि हासिल गरेको बुझ्न सकिन्छ । चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कर्पोरेटपे मार्फत ७ सय १४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट भइसकेको छ जुन गत आर्थिक वर्षमा भएको ८ सय अर्बको कारोबार तुलनामा उल्लेखनीय वृद्धि हो । यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरूले डिजिटल भुक्तानीको लागि कर्पोरेटपे प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ ।

कर्पोरेटपे को मल्टी बैंकिङ्ग डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेस्ले गर्दा प्रयोगकर्ताहरू उल्लेखनीय रुपमा वृद्धि भइरहेको हो ।

उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्थाहरु, सरकारी तथा गैर–सरकारी संस्थाहरु, वित्तीय संस्थाहरु लगायत विभिन्न संस्थाहरूले प्रयोग गर्दै आइरहेका छन् ।

यस प्रणालीबाट फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क यूटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानीहरू गर्न सकिन्छ ।

साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरू लिकं गरी भुक्तानीका लागि आवश्यक अप्रेटिङ्ग म्यान्डेटहरू सेट गरी फण्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ ।

सो प्रणालीमा रियल टाइममा प्रति कारोबार १ करोड (सोही बैंक वित्तीय संस्था) तथा २० लाख (अन्य बैंक वित्तीय संस्था) सम्म तथा नन्–रियल टाइम कारोबारको हकमा २० करोड सम्म कारोबार सीमा रहेको छ ।

व्यवसायहरूले corporatepay.connectips.com बाट कम्पनीको विवरण दाखिला गरी प्रयोगकर्ताहरूको hierarchical roles निर्धारण गरी बैंकको विवरण राखेर अनलाइन रजिष्ट्रेसन प्रक्रिया सम्पन्न गर्न सक्नेछन् ।

त्यसपछि सम्बन्धित बैंकले रजिष्ट्रेसन अप्रुभ गरेपछि पेस गरेको विवरण वा बैंक सँग उपलब्ध कागजातहरूको आधारमा, एक्टिभेसन प्रक्रिया सम्पन्न हुन्छ । साथै, व्यवसायहरूले बैंकमा सम्पर्क गरी म्यानुअल इनरोलमेन्ट गर्न पनि सक्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *