बालेनले हुलाकबाट पठाए पूर्व राजालाई जरिवाना पत्र

काठमाडौं । आइतबार काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ ।

‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान नदिए पछि फर्केका टोलीले हुलाक मार्फत पत्र पठाएको हो ।

महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो ।

महानगरले गत शुक्रवारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *