रास्वपा सभापति लामिछाने पार्टीको जिम्मेवारीमा फर्किए

२०८१ चैत १७ गते

काठमडौं । सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।
सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व रविलाई सभापति बनाउने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।
पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो ।
लामिछाने पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको सभापतित्व उपसभापति अर्यालले गरेका थिए ।

२०८१ चैत १७ गते
प्रतिक्रिया
One thought on “रास्वपा सभापति लामिछाने पार्टीको जिम्मेवारीमा फर्किए”
Leave a Reply Cancel reply
सम्बन्धित
जय घण्टी