नवराज सुवेदी ‘नजरबन्द’ मा परेपछि कसले गर्छ राजावादी आन्दोलनको नेतृत्व ?

२०८१ चैत १७ गते

काठमाडौं । राजावादीहरूको संयुक्त आन्दोलनको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई सरकारले नजरबन्दमा राखेपछि उनको ठाउँमा जगमान गुरुङले राजावादी आन्दोलनको नेतृत्व गर्ने भएका छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने जानकारी दिएका हुन्।
राजा ल्याउने आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्द
‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नुहुनेछ, संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’
राजावादीहरूले गत शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए । प्रदर्शनबाट एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।

२०८१ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित