कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो : मोहनबहादुर बस्नेत


काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरीह बन्नुपरेको बताएका छन् ।
आइतबार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
राजावादी समूहका प्रदर्शनकारीहरू कहिले जुलुस निस्केला र लुटौँला भनेर बसेको देखिएको समेत उनको टिप्पणी छ । उनले राजावादीहरू राजनीतिक इच्छाका कारण नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गरे । उनले मान्छे नै मार्ने र निजी सम्पत्तिमा आगजनी तथा लुटपाट भएको अवस्थामा प्रहरीले साइत हेरेर बस्न नहुने बताए ।
उनले भने ‘तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपाट मच्चिने १ कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन रु देखियो नि । त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि । त्यसकारण राजनीतिक इच्छाका कुराले भन्दापनि धमिलो पानीमा माछा मार्ने उद्देश्यका साथ गतिविधि अघि बढेको त देखियो नि । त्यसकारणले राज्यको उपस्थिति पनि कमजोर देखियो । प्रहरीहरू निरीहजस्तो देखियो । आदेश चाहियो नि । सार्वजनिक सम्पत्तिमा आगजनी भइसक्यो, मान्छे मर्न थालिसके, लुटपाट भइराछ भनेपछि प्रहरीले साइत हेरेर बसेर हुन्छ ?’
सरकारको गम्भीर त्रुटिका कारण धेरै जनधनको क्षति भएको उनको जिकिर छ ।
