नजरबन्दमा रहेका सुवेदीलाई कडाइ : मोबाइल समेत प्रयोग गर्न दिइएन

काठमाडौँ । राजावादीहरूको संयुक्त आन्दोलनको नेतृत्व गरिरहेका नवराज सुवेदी अहिले नजरबन्दमा छन् ।

गत चैत १५ गते राजावादीहरूले गरेको अशान्तिपूर्ण आन्दोलनपछि सरकारले उनलाई उनकै घरभित्र नजरबन्द गरेको हो ।

अहिले गुह्येश्वरीस्थित नवराजको घरमा पत्नी र छोरासहित अन्य तीन नजिकका आफन्तहरू बसेका छन् । उनीहरू सबैलाई बाहिर निस्किन कडाइ गरिएको छ । उनको घर बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । सुरक्षाकर्मीहरूले उनको घर छेउछाउमा हिँडडुल गर्न कडाइ गर्दै फोटो खिच्नमा पनि रोक लगाएको छ ।

‘हामीलाई एकपटक बाहिर निस्किएपछि भित्र पस्न नपाउने भनिएको छ । तरकारी र अत्यावश्यक वस्तु खरिदका लागि एकपटक जान दिइन्छ ।’ उनका पारिवारिक स्रोतले भने ।

स्रोतका अनुसार प्रहरीले उनको मोबाइल स्वीच्ड अफ गरेर एक ठाउँमा राखिदिएको छ । सुवेदीलाई उनको मोबाइल फोन समेत प्रयोग गर्न दिइएको छैन । तर घर इन्टरनेट भने नकाटिएको स्रोतले बतायो ।

केही नेता हिजो उनको घरसम्म पुगे पनि सुरक्षाकर्मीले फर्काइदिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *