सुरेशका दाइ फेसबुकमा लेख्छन्- ‘भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन’


काठमाडौँ । गत शुक्रवार राजावादीहरूको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको अहिलेसम्म पोस्टमार्टम नभएको उनका दाइ रमेश रजकले जानकारी दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्दै उनले अहिलेसम्म सुरेशको पोस्टमार्टम नभएका जानकारी दिएका हुन् ।
उनले आफ्नो भाइको शव टिचिङ अस्पताल महाराजगञ्जमै रहे पनि सरकारसमक्ष प्रस्तुत गरेको माग पूरा नभएसम्म कुनै प्रक्रिया नबढाउने उल्लेख गरेका छन् ।
उनले लेखेका छन् ‘नमस्कार सबै जनालाई ! म रमेश रजक, तिनकुने घटना मा मृत्यु भएको सुरेश रजक को दाइ। मेरो भाइको शव अहिले टिचिङ अस्पतालमा रहेको र पोस्टमार्टम अझै नभएको सबै माझ जानकारी गराउन चाहन्छु। सरकार समक्ष प्रस्तुत गरेका माग पूरा नभएसम्म कुनै पनि प्रतिक्रिया अघि बढाउने छैनौँ। धन्यवाद ।’
अहिले पूर्वराजाका समर्थकहरूले सामाजिक सञ्जालमार्फत प्रहरीको गोली लागेर सुरेशको मृत्यु भएको भन्दै अफवाह फैलाइरहेका छन् । त्यसबिच उनका दाइले यसबारे जानकारी गराएका हुन् ।
