पत्रकार रजकको मृत्युबारे छानबिन गर्न माग

काठमाडौं । प्रेस चौतारी नेपालले यही चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ ।

आज एभिन्यूज टेलिभिजनको केन्द्रीय कार्यलयमा आयोजित ‘शोकसभा’मा चौतारीका अध्यक्ष गणेश पाण्डेले एभिन्यूज टेलिभिजनकर्मी रजकको मृत्युको सम्बन्धमा तत्काल छानबिन गर्न र उनका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे ।

शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार रजक र प्रदर्शनकारी सविन महर्जनको पनि मृत्यु भएको थियो ।

प्रदर्शनका क्रममा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रदर्शनकारीले नौ वटा सरकारी सवारीसाधन, छवटा सरकारी वा निजी नखुलेका सवारीसाधनमा आगजनी गरेका थिए ।

प्रदर्शनकारीले विभिन्न १४ स्थानमा आगजनी गर्नुका साथै नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *