भाटभटेनी लुटपाट : ९ जना पक्राउ (नामसहित), लुटपाट गरेका सामाग्री पनि बरामद

काठमाडौँ । गत शुक्रवार कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरेको आशंकामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले राजावादी आन्दोलनका क्रममा लुटपाट गरेको भन्दै ९ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानहरूबाट चैत १६ र १७ गते पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू भाटभटेनी आसपासकै रहेका भने उनीहरूबाट ऐना, गाजल, लिपिस्टिक, फलफूल र मदिरा लगायतका सामानहरू बरामद गरिएको छ ।

साथै थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूको नामावली :

  • धनुषा घर भई कोटेश्वर बस्ने आशीष साह
  • सर्लाही घर भई कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महतो
  • नरेफाँट नै बस्ने भारत घर भएका रवि रञ्जन कुमार
  • नुवाकोट घर भई कोटेश्वर बस्ने सुशीला कुमाल
  • सुनसरी धरान घर भएकी कोटेश्वर बस्ने एलिसा राई
  • कोटेश्वर नरेफाँट बस्ने बालकुमारी कार्की
  • सिन्धुपाल्चोक घर भई नरेफाँट बस्ने निर्मला कार्की
  • सिन्धुली घर भई नरेफाँट बस्ने चित्रमाया बस्नेत
  • सिन्धुली तीनपाटन घर भई नरेफाँट नै बस्ने सुस्मिता बराल

बरामद सामान :

  • Black Label मदिरा थान -१ (1ltr )
  • Jack Daniels मदिरा थान -२ ( 2ltr)
  • बियरको खाली बोतल थान -४
  • Yarchagumba Brand को मदिरा थान -१ ( 750ml)
  • ११ थान हाफ् पाइन्ट,१ थान ट्राउजर
  • १ थान ट्रे, १ थान क्यारेट
  • १ थान क्यारेट
  • फलफूल
  • लिपस्टिक थान -६९, ऐना थान -१, गाजल थान -२१,
  • अन्य सामान थान -१२
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *