बालेनलाई कर्मचारी संगठनको पत्र, कर्मचारीहरूको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन आग्रह

 

काठमाडौं । काठमाडौं महानगरपालिकामा क्रियाशील कर्मचारी संघ संगठनहरुले महानगरमा कार्यरत कर्मचारीहरूको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

प्रशासनिक समस्याबारे मेयर बालेन शाहलाई ध्यानाकर्षण गराउँदै विगत तीन महिना देखि प्रशासनिक नेतृत्व विहीन भएको र समग्र काठमाडौं समस्याको सम्बन्धमा स्थानीय तहमा क्रियाशील संघ महानगरपलिकाको प्रशासनिक संयन्त्र अस्त व्यस्त बनेको उल्लेख गरेका छन् ।

महानगरपालिका कोषबाट पारिश्रमिक लिने सम्पूर्ण कर्मचारीहरूले महिनौ देखि पारिश्रमिक नपाएको भन्दै पेसाकर्मीहरूको दैनिकी लगायतका कार्यहरू ठप्प भएको जानकारी गरिएको छ ।

उनीहरुले व्यक्तिको मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा अहिलेको समस्या पैदा भएको र अनधिकृत व्यक्तिहरूबाट कर्मचारीलाई त्रास सिर्जना गरिएको समेत बताएका छन् ।

उनीहरुले कर्मचारीको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन ५ दिनको अल्टिमेटम दिएका हुन् । विज्ञप्तिमा स्थानीय तह कर्मचारी यूनियनका अध्यक्ष नरबहादुर साउद,स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव शम्भु बराल,परिषद अध्यक्ष उत्तम कुमार घले र सफाइ श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले हस्ताक्षर गरेका छन् ।

मेयर शाहले प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि अपुष्ट आरोप लगाएर कार्यालय प्रवेशमा रोक लगाएपछि महानगरपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *