मिश्र र जबरालाई रिहाइको माग गर्दै निकालियो ‘मसाल जुलुस’ (तस्बिरहरू)

काठमाडौँ । गत शुक्रवार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई रिहाइको माग गर्दै काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस निकालिएको छ ।

आइतबार बेलुकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उनीहरूको रिहाइको माग गर्दै मसाल जुलुस निकालेका हुन् ।

पक्राउ परेका रवीन्द्र मिश्र र सांसद जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि आज जिल्ला अदालतमा पेस गरिएको छ ।

उनीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *