वरिष्ठ पत्रकार कोइरालाको निधन

२०८१ चैत १८ गते

काठमाडौँ । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ ।
केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गर्नुभएको थियो ।
कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उहाँले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रूपमा काम गर्नुभएको थियो । पूर्व सांसदसमेत रहनुभएका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा( एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

२०८१ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित