पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक सुरु

काठमाडौं । समाजवादी मोर्चाको बैठक अहिले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको छ । बैठकमा समसामयिक राजनीति र राष्ट्रिय घटनाक्रमबारे छलफल भइरहेको छ ।

साथै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको हटाइने निर्णय विशेष चासोको विषय बनिएको छ । बैठकमा राजावादीको हिंसात्मक आन्दोलन र संसद बैठकका अन्य विषयहरूमा पनि विचारमंथन भइरहेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा विप्लवका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवसहित चार प्रमुख दलका नेताहरू उपस्थित छन् ।

यसअघि प्रतिपक्षी दलहरू, विशेषतया माओवादी केन्द्र, कुलमान घिसिङको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्दै संसदमा अवरोध गर्दै आएका थिए । आज पनि संसदको दुवै सदनमा बैठक भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *