गोठको आगनबाटै बाघले लग्यो ८ वर्षीय बालक

काठमाडौं । बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका-३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ बाघको आक्रमणबाट मृत्यु भएको हो ।

रावतलाई घरदेखि करिब दुई किलोमिटर टाढा रहेको गोठको आगनमा बाघले आक्रमण गरेको थियो । रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *