प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८१ चैत १८ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ५ बजेपछि मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ । आइतबार साँझ प्रधानमन्त्रीले गणतन्त्रवादी दलहरुको बैठक आह्वान गरेका थिए ।
प्रधानमन्त्री ओलीले सो बैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता, राजावादीहरुले काठमाडौं तीनकुनेमा घटाएको घटना, तोडफोड र आगजनीका विषयमा गणतन्त्रवादी दलका शीर्ष नेताहरुको धारणा बुझेका थिए ।

२०८१ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित