इस्लाम धर्मावलम्बीमा ‘ईद-उल-फित्र’को उल्लास (तस्बिरहरू)

२०८१ चैत १८ गते

काठमाडौं । इस्लाम धर्मावलम्बीले इद उल फित्र पर्व मनाउँदैछन् । इद उल फित्र इस्लाम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो ।
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख(सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।
नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । सरकारले यस दिन सार्वजनिक बिदा दिने प्रचलन राखेको छ ।
काठमाडौंको तीनधारा पाठशालास्थित पञ्च काश्मिरी तकिया मस्जिदमा ईद मनाउनेको भीड लागेको छ ।

२०८१ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित