प्रतिगमनको प्रयासलाई पराजित गर्न हामी सबै एकजुट होऔं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्र केवल सरकारको मात्र विषय नभएको बताउँदै जनतालाई जागरणसभामा सहभागिता जनाउन आह्वान गरेका छन् ।

उनले आज आयोजित देशव्यापी जागरणसभा र मोटरसाइकल र्‍यालीका बारेमा जानकारी दिनुहुँदै भने, ‘लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र कुरा होइन, यो जनताको बलिदानी र संघर्षको फल हो र आम जनताको अधिकारको विषय हो ।’

महासचिव पोखरेलका अनुसार, एमालेले देशभरका प्रमुख सहरहरू र जिल्लासदरमुकामहरूमा गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । काठमाडौं उपत्यकामा भने संयुक्त रूपमा मोटरसाइकल र्‍यालीको आयोजना भएको जानकारी उनले दिएका छन् ।

पोखरेलले काठमाडौँ उपत्यकाका जनतालाई बेलुका ४ बजे तीनकुनेमा मोटरसाइकलसहित सहभागी हुन आह्वान गर्दै भने, ‘प्रतिगमनको प्रयासलाई नाकाम पार्नका लागि सबै एकजुट भएर लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *