लगातार तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कारोबारको दुई दिनअघि अर्थात् शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो ।

त्यसपछि आइतबार पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो । आइतबार सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *