संसद्मा प्रधानमन्त्री बोल्दाबोल्दै राप्रपाका सांसद्हरुले गरे होहल्ला

२०८१ चैत १८ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको बैठकमा बोल्दा बोल्दै सांसद्हरुले होहल्ला गरेका छन् । प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गर्दा राप्रपाका सांसद्हरुले होहल्ला गरेका हुन् ।
उनीहरूले अवरोध होहल्ला गरेपछि प्रधानमन्त्रीले संविधान नमान्नेहरूले नियमावलीका विषयमा प्रश्न उठाउन आवश्यक नभएको बताए । उनले संविधान उल्लंघनका विषयमा आफूले प्रश्न उठाइरहेको बताए । सांसदहरुको होहल्लाबीच प्रधानमन्त्रीको सम्बोधन सक्काएका छन् ।

२०८१ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित