पन्ड्सले ल्यायो सौन्दर्य र विज्ञानको नयाँ युग : अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्ने

काठमाडौँ । पन्ड्स ब्रान्डले नयाँ ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’ प्रस्तुत गरेको छ ।

महिलाहरूलाई नवीनतम विज्ञानको साथ उत्कृष्ट त्वचा सम्बन्धी चमत्कारी परिणाम दिने उद्देश्यबाट प्रेरित यस नयाँ ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’ प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पन्ड्स स्किन इन्स्टिट्युटले विज्ञानमा आधारित फोर्मुलाले उपभोक्तामा आशा र त्वचामा वास्तविक परिवर्तन ल्याउने लक्ष्य राखी पन्ड्स ब्रान्डकोे दृश्य पहिचानलाई परिवर्तन गर्दै पन्ड्सबाट पन्ड्स स्किन इन्स्टिट्युटमा नाम परिवर्तन गरेको छ ।

जसले ब्रान्डको आधारभूत विषयवस्तुस् अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पन्ड्स स्किन इन्स्टिट्युटले आफ्ना फोर्मुलामा तीन प्रमुख इन्ग्रीडीएन्टहरू प्रस्तुत गरेको छ – निआसिनामाइड, हायल्यूरोनिक एसिड र सक्रिय चारकोल, जुन यसको फेसवाश र फेस मोइस्चुराइजरहरु जस्ता प्रमुख प्रदत्तहरूमा पाइन्छ । प्रत्येक इन्ग्रीडीएन्ट त्वचाको विशेष समस्यामा लक्षित छ । ब्रान्डले नयाँ र नवप्रवर्तन प्रदत्तहरूको माध्यमबाट नेपालमा विश्वव्यापी गुणस्तर अनुसार उपभोक्तालाई उत्तम समाधान दिन चाहने कम्पनीले जनाएको छ ।

पन्ड्स स्किन इन्स्टिट्युटको ब्राइट ब्युटी सिरम क्रिममा निआसिनामाइड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जुन छालाका तहहरूमा गहिरो प्रवेश गर्छ (एपिडर्मिस भित्र), ९६% स्पट रिडक्सन (स्पट रिडक्सनका लागि गरिएको क्लिनिकल अध्ययनको आधारमा) र चम्किलो त्वचा प्रदान गर्छ । नयाँ प्रस्तुत गरिएको पन्ड्स सुपरलाइट जेलमा हायल्यूरोनिक एसिड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जसले २००% तत्काल हाइड्रेसन (२०१९मा गरिएको क्लिनिकल अध्ययनका आधारमा) प्रदान गर्ने कम्पनीले जनाएको छ ।

जसले छालालाई अघिल्लो भन्दा नयाँ र हाइड्रेसनयुक्त राख्छ । कम्पनीका अनुसार डिटक्स रेंजको फेसवाश, जसमा सक्रिय चारकोल १० प्रभावकारी (एड्सोप्र्शनद्वारा) हुन्छ, र साना प्रदूषणका कणहरू बाहिर ल्याउँछ, जसले छालालाई चम्किलो बनाउँछ ।

युनिलिभर नेपाल लिमिटेडका मुख्य कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक, अम्लन मुखर्जीले भने, ‘हाम्रो ब्रान्ड पन्ड्स स्किन इन्स्टिट्युट उपभोक्तासँग समकालीन र सान्दर्भिक रहन चाहन्छ, उनीहरूको आवश्यकताहरू र चासोहरूको बुझाइ राख्न चाहन्छ र उनीहरूसँगै अघि बढ्न चाहन्छ । उपभोक्ताहरू हाम्रो ब्रान्डको मुटुमा छन्, त्यसैले हामी उनीहरूलाई निरन्तर बुझ्दै जान चाहन्छौँ जसले गर्दा हामी उनीहरूको आवश्यकताहरू पूरा गर्न नयाँ उत्पादनहरू प्रस्तुत गर्न सक्छौँ। यहाँ नै पन्ड्स स्किन इन्स्टिट्युटको भूमिका छ, जसका प्रदत्तहरू विज्ञानद्वारा समर्थित छन् र नेपाली उपभोक्ताहरूको त्वचा सहित समाधानका लागि चमत्कारी परिणाम दिन सक्षम छन्, र म यो कार्यक्रम मार्फत यी प्रदत्तहरू नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा खुसी छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *