समाजका सबै क्षेत्रमा महिलाको सहभागिता बढाउन जरुरी छ : दामोदर भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले समाजका सबै क्षेत्रमा महिलाको सहभागिता बढाउन जरुरी रहेको बताएका छन् ।

गैर आवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी)ले माल्टामा आयोजना गरेको युरोपेली क्षेत्रीय सम्मेलन, २०२५ मा महिलाको सहभागितामा अझै चुनौतीहरू रहेको उल्लेख गर्दै सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

‘महिलाहरू धैर्यता, शालिनता र शक्तिका स्रोत हुन्, उहाँहरू आफ्नो पौरखले सम्भ समाज निर्माणमा लागिरहनुभएको छ’, मन्त्री भण्डारीले भने, ‘परम्परादेखि नै सभ्य, सन्तुलित र समुन्नत समाज निर्माणमा महिलाले नै अभिभारा लिएका छन् ।’

उनले पछिल्लो समय नेपालमा आमाका नामबाट पनि नागरिकता लिन मिल्ने व्यवस्था भएको उल्लेख गर्दै यो वर्तमान संविधानका कारण सम्भव भएको बताए ।

उनले महिलाहरू परिवारमा मात्रै सीमित नभई मुलुक निर्माणका हरेक क्षेत्रमा सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *