नेपालको राजनीतिलाई पछाडि धकेल्ने काम भइरहेको छ : योगेश भट्टराई
हिंसात्मक गतिविधिको निन्दा

२०८१ चैत १८ गते

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको राजनीतिलाई पछाडि धकेल्ने काम भइरहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । गत शुक्रबार काठमाडौंमा राजावादीहरुले गरेको हिंसात्मक गतिविधिको निन्दा समेत गरे ।
उनले राजावादीको घटनाबाट मृत्यु भएका पत्रकार शुरेस रजकको मृत्यु घटनाप्रति दुख व्यक्त गरे । यस्तै सांसद भट्टराईले रास्वपा सांसद सन्तोष परियार चढेको गाडी समेत आगजनी गरिएको भन्दै आपत्ति जनाए ।
कम्युष्टिहरु जन्दमै गणतन्त्रवादी भएको बताए । सांसद भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई हात नलम्काउन र आखाँ नचम्काउन आग्रह गरे ।
दरबार हत्याकाण्ड कसरी भयो भन्दै प्रश्न समेत गरे ।

२०८१ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित