कमल कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एसको पार्टी कार्यालयमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।

सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।

पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहेका कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो ।

पक्षाघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोइरालाको निधन भएको हो । श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का नेता/कार्यकर्ताहरूको भीड लागेको छ ।

श्रद्धाञ्जली दिन पुग्नुभएका पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोईरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेका भुमिका महत्वपूर्ण रहेको बताए । चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोइरालाबाट सिक्नुपर्ने बताए ।

अध्यक्ष नेपालले कोईराला पत्रकारकाहरुको पनि आदर्श व्यक्तित्व भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *