नेकपाले गर्‍यो पार्टी एकताको प्रयास जारी राख्ने निर्णय

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ । नेकपाले माओवादी केन्द्रसहितका अन्य दलहरूसँग एकताको प्रयासलाई जारी राख्ने निर्णय गरेको हो ।

पार्टीले मोहन वैद्य, आहुति, धर्मेन्द्र बास्तोला, मोहन विक्रम सिंहजस्ता नेताहरूले नेतृत्व गरेका पार्टीहरूसँग सहकार्य गर्दै मोर्चावन्दीको दिशा लिने निर्णय पनि गरेको छ । पार्टीको पोलिटब्युरो बैठकमा मंगलवार सम्पन्न निर्णयमा समाजवादी मोर्चालाई अझ प्रभावकारी बनाउनका लागि कदम उठाउने कुरामा जोड दिइएको छ ।

बैठकमा अनिल शर्माले बैठकमा महासचिव विप्लवले आगामी चुनाव, देशको राजनीतिक परिप्रेक्ष्य, र संघर्षका विषयमा १० प्रमुख प्रस्ताव राखेका थिए । सहिदहरूको सम्मान गर्दै प्रारम्भ भएको बैठकले केन्द्रीय समितिले प्रस्तुत गरेको राजनीतिक दिशाको प्रक्षेपणलाई सही ठहराएको छ ।

विप्लवले अहिलेको राजनीतिक संकटको समाधान प्रतिगमन र यथास्थितिमा नहोस् भन्दै नेपाली विशेषताको समाजवादका लागि स्वतन्त्र र संयुक्त पहललाई तीव्र बनाउने निर्णय लिएको शर्माले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *