पोस्ट कोभिड पीडित सांसद दीपक बोहराको निधन

काठमाडौं । प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता र पूर्वमन्त्री सांसद बोहरा काठमाडौंको ओम अस्पतालमा निधन भएका हुन् ।

स्वकीय सचिव तारामणि चन्दकाअनुसार उनको उपचारको क्रममा निधन भएको हो । दीपक बोहरा कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७)मा संक्रमित भएका थिए, जसको कारण उनले लामो समयदेखि पोष्ट कोभिड समस्याहरू भोगिरहेका थिए । संक्रमित भएसँगै उनका स्वरमा पनि परिवर्तन आएको थियो ।

पछि, उनी दिल्लीमा उपचारका लागि पुगेका थिए, जहाँ चिकित्सकहरूले उनलाई घाँटीको समस्याबारे जानकारी दिएका थिए । त्यसपछि, उनी न्यूयोर्कमा थप उपचारका लागि गएका थिए, र त्यहाँ स्पीच थेरापी गरिरहेका थिए । पोष्ट कोभिडका कारण उनका घाँटीमा क्यान्सरको समस्या उत्पन्न भएको थियो ।

जसकारण उनी बोल्न नसक्ने अवस्थामा थिए । चुनावको समयसमेत उनले नबोली केवल अरूका माध्यमबाट आफ्ना विचार राख्ने गरेका थिए । उनले रुपन्देही क्षेत्र नम्बर १ बाट ०६९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *