रास्वपा नेताहरूले सभामुखलाई भेटेर राखे रवि लामिछानेको निलम्बन फुकुवाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित नेताहरुले सभामुख देवराज घिमिरेलाई भेटेरका छन् । पार्टी सभापति लामिछानेको निलम्बन फुकुवा गर्नको लागि दवाव दिन नेताहरु मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेका हुन् ।

भेटमा लामिछानेको निलम्बन फुकुवा गर्ने विषयमा सभामुखसँग वार्ता गरेका छन् । पार्टीले एक महिनाअघि सभापति लामिछानेको निलम्बन फुकुवा गर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको थियो । तर त्यो पत्रको सुनुवाई अहिलेसम्म नभएपछि पुनः सभामुखकहाँ गएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सोमबार, लामिछाने पार्टी कार्यालयमा ६ महिनापछि उपस्थित भएका थिए र सभापतिको हैसियतमा बैठकको अध्यक्षता गरेका थिए । उनले सम्बोधन गर्दै भने, ‘राज्यले राजनीतिक प्रतिशोधको रूपमा मलाई दुःख दिएको छ, तर म अहिले पनि जिउँदै छु, यो मेरो जित हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *