पत्रकार रजकको शरीरमा गोली लागेको पाइएन

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पाइएको छ । जिल्ला प्रहरी परिसरले पत्रकार रजकलाई एक्सरे गर्दा गोली नलागेको जानकारी दिएको हो ।

आगलागीमा परेर मृत्यु भएका रजकको बारेमा गोली लागेको हल्ला फैलिएको थियो । हल्लापछि चिकित्सकहरूले पोस्टमार्टम अघि एक्सरे गर्ने निर्णय गरेका थिए । तर, एक्सरे गर्दा रजकको शरीरमा कुनै गोलीको घाव नदेखिएकोले पोस्टमार्टम गर्नका लागि तयारी गरिएपछि शव परिवारलाई बुझाउन प्रक्रिया सुरु गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । रजकको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

यसअघि पनि प्रहरीले गोली लागेको हल्ला खण्डन गर्दै सो विषयलाई ‘अनर्गल प्रचार’ भनेको थियो । पुलिसका अनुसार ३३ वर्षीय रजकको शरीरको ७० प्रतिशत भाग जलेको थियो । कम्मरको माथिको भाग चिन्न नसकिने अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *