तीनकुनेमा घटनामा मृतकका परिवारलाई ५ लाख दिने मीनबहादुर गुरुङको घोषणा


काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत शुक्रबार तीनकुनेमा भएको राजावादी आन्दोलनमा मारिएको दुई जनाको परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै गुरुङ यस्तो घोषणा गरेका हुन् ।
सञ्चालक गुरुङले पत्रकार सुरेश रजकका परिवार ५ लाख र कीर्तिपुरका सविन महर्जनका परिवारलाई ३ लाख दिने घोषणा गरेका छन् । सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको आक्रोश पोख्दै भने, ‘ ‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’
उनले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । ‘मारवाडीले यस्तो गर्यो, त्यस्तो गर्यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन सम्भव छ ? देश कंगाल बनाउने ? दुर्गा प्रसाईँ गुण्डा नाइके हो,’ उनले भने, ‘राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाले राजसंस्था फर्किँदैन।’
