बागमती प्रदेशसभाको बैठक आज

२०८१ चैत २० गते

बागमती । बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ः०० बजेका निम्ति आह्वान भएको छ ।
बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।
सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालन गर्न आज पनि दलहरूबिच छलफल हुने र सहमतिका निम्ति अधिकतम प्रयास गरिने बताए ।
सरकार पक्ष र प्रतिपक्ष दलबिच छलफल भए पनि कुनै निष्कर्ष आउन नसकेकाले आज पुनः संयुक्त छलफल राखिएको सभामुख पाठकले बताए ।
चालु आर्थिक वर्षको बजेट बाँडफाँटमा सरकारले सन्तुलन कायम गर्न नसकेको र विगतका सहमति कार्यान्वयन नभएका भन्दै प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख पाठकले सहमतिका लागि दलहरूसँग संयुक्त छलफल गर्दै आएका छन् ।

२०८१ चैत २० गते
प्रतिक्रिया
सम्बन्धित