एनआईसी एशिया बैंकको एटिएमबाट एटिएम कार्ड बिनै इसेवा वालेटको रकम निकाल्न सकिने


काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना एटिएमहरूबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिनै निकाल्न मिल्ने सेवाको सुरुवात गरेको छ ।
आफ्ना ग्राहकहरू तथा इसेवा वालेट प्रयोगकर्ताहरूलाई बैंकिङ्ग कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका यस बैंकका एटिएमहरूमा उक्त सेवाको सुरु गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार मूलकभर रहेका यस बैंकका ६७० एटिएमहरूबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रक्रियाबाट निकाल्न सकिन्छ ।
यसको निम्ति सबैभन्दा पहिला इसेवा एप लगिन गरेर Financial Payments अन्तर्गत रहेको ATM Withdrawal मा एनआईसी एशिया बैंक छनौट गर्नुपर्छ । त्यसपछि दिएको निर्देशनअनुसार रु. १०००, रु. २०००, रु. ३०००, रु. ४००० र रु. ५००० रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नु पर्ने जनाइएको छ ।
त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा OTP कोड प्राप्त हुनेछ ।
एनआईसी एशिया बैंकको एटिएममा रहेको Cardless Withdrawal अप्सनमा गएर Other Cardless र त्यसपछि इसेवा छनौट गर्नुपर्छ । यसअघि मोबाइल नम्बरमा प्राप्त OTP कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ ।
हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको बैंकले जनाएको छ ।
