काठमाडौँमा शिक्षकहरूको नयाँ चरणको आन्दोलन सुरु (तस्बिरहरू)

२०८१ चैत २० गते

काठमाडौँ । शिक्षकहरूले काठमाडौँका विभिन्न स्थानबाट र्याली निकालेका छन् ।
बुधवार (आज) विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको अगुवाइमा उक्त र्याली निकालिएको हो ।
र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।
यस नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधवार काठमाडौँ आएका हुन् ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको छ ।
महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीले आज डेढ लाख शिक्षक कर्मचारीको र्याली निस्केको र भोलि शिक्षक अझ कर्मचारी थपिने उनले बताइन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८१ चैत २० गते
प्रतिक्रिया
सम्बन्धित