५ सय सम्मको फण्ड ट्रान्स्फरमा कारोबार शुल्क नलाग्ने


काठमाडौँ । NCHL ले Retail Payment Switch (RPS) मार्फत् हुने रु ५०० सम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरू डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको NCHL ले जनाएको छ ।
NCHL का अनुसार connectIPS को वेब/मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको connectIPS फण्ड ट्रान्स्फर तथा connectIPS मार्फत मोबाइल वालेटमा गरिने Cash In/Out लाई पूर्ण रुपमा निःशुल्क गरिएको छ ।
चैत्र १९ गतेबाट उक्त व्यवस्था connectIPS मा कार्र्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरूले आफ्ना प्रणालीहरूमा आवश्यक व्यवस्था मिलाए पछि मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुने कम्पनीले जनाएको छ ।
RPS मार्फत हुने अन्य च्यानलहरू र कारोबारहरूमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको रु.२ र रु.८ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ । साथै उक्त कारोबार शुल्कमा कानुन बमोजिमको VAT थप हुने व्यवस्था रहेको छ ।
