राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको पोष्टमार्टम हुँदै

२०८१ चैत २० गते

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले बताए ।
यसअघि मंगलबार साँझ उनको एक्स-रे गरिएको थियो । एक्स-रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो । रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स-रे गर्न ढिलाइ भएको थियो ।

२०८१ चैत २० गते
प्रतिक्रिया
सम्बन्धित