पोस्टमार्टम
राजावादी प्रदर्शन : पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको पुष्टि

२०८१ चैत २० गते

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि भएको हो । राजावादीले गरेको प्रदर्शनमा आगजनीमा परेर उनको मृत्यु भएको पुष्टि भएको हो ।
चिकित्सकका अनुसार रजकको शरीरमा गोली भेटिएन । हिजो साँझ उनको एक्स–रे गरिएको थियो । एक्स–रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो ।
रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । पत्रकार रजकको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।

२०८१ चैत २० गते
प्रतिक्रिया
सम्बन्धित