‘दुर्गेश थापा’ को ग्रान्ड कन्सर्ट हुँदै, आइएमई पे र खल्ती मार्फत टिकट खरिद गर्न मिल्ने

काठमाडौँ । गायक तथा परफर्मर दुर्गेश थापाको कन्सर्ट हुने भएको छ ।

आगामी वैशाख १८ काठमाडौँ बौद्धको हयात ग्राउन्डमा उनको कन्सर्ट हुन लागेको हो ।

उक्त कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एप मार्फत खरिद गर्न सकिनेछ ।

ट्राइएङल इन्कद्वारा आयोजित यस कन्सर्टमा दुर्गेश थापाको ऊर्जा र आकर्षक परफर्मर मज्जा लिन सकिने आइएमई पेले जनाएको छ ।

मे १ मा काठमाडौं बौद्धको हयात ग्राउन्डमा हुन गइरहेको भव्य कन्सर्टमा दुर्गेश थापाले आफ्नो अत्यन्तै चर्चित गीतहरू प्रस्तुत गर्नेछन र साथै अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरूको पनि मनोरञ्जनात्मक प्रस्तुति रहनेछ ।

प्रशंसकहरूले आफ्नो प्रवेश टिकट आजैबाट आइएमई पे तथा खल्ती एपको इभेन्ट्स सेक्सनबाट लिन सक्नेछन् ।

दर्शकहरूले कन्सर्टको लागि फ्यानपिट, सिल्भर वा गोल्ड टिकटहरू मध्ये एक छनौट गर्न सक्ने कम्पनी ले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *