रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप

२०८१ चैत २० गते

काठमाडौं । गत शुक्रबार राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेकाहरुलाई दोस्रो पटक म्याद थप भएको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो ।
उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालतले जनाएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणा लगायतलाई म्याद थप गरेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

२०८१ चैत २० गते
प्रतिक्रिया
One thought on “रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप”
Leave a Reply Cancel reply
सम्बन्धित
नेपालको राजनैतिक इतिहासमा बिपक्षी दलका माननीय सांसदलाई तथाकथित मुद्दा लगाएर यतिबिघ्न दमनगरेको यो पहिलो घटना चाहिं होइन कि !