आन्दोलनरत शिक्षकहरूलाई बालेनले दिए धन्यवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन् ।

बुधबारदेखि शिक्षकहरूले थालेको काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा फोहोर नगरी केही नभत्काएको भन्दै उनले धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महानगरले जरिवाना खोजेको नभई चेतना खोजेको समेत महानगर प्रमुख शाहले बताए ।

प्रीय शिक्षकहरू,
तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।
हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा ।
कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *