स्ववियु निर्वाचन : त्रिचन्द्र क्याम्पसमा नेविसंघको अग्रता कायमै, अनेरास्ववियु पछ्याउँदै


काठमाडौँ । यतिखेर स्ववियु निर्वाचन त्रिचन्द्र क्याम्पसको मत गणना भइरहेको छ ।
बेलुकी ६ : ३० सम्ममा ७८२ मत गणना भएका छन् ।
जसमध्ये अध्यक्षका लागि भएको मतदानमा नेबिसंघका गोविन्द कोईरालाले ३६६ मत प्राप्त गरेर पहिलो स्थानमा छन् । अनेरास्ववियुका प्रमित विष्ट १३५ मतका साथ दोस्रो स्थानमा छन् भने स्वतन्त्रका सागर न्यौपाने १९२ मतका साथ तेस्रो स्थानमा छन् ।
क्रमशः अखिल क्रान्तिकारीका प्रबिल भट्टले २४ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिवका लागि भएको मतदानमा नेबिसंघका आशिष् गिरीले २८९, स्वतन्त्रका गौरब पाण्डेले २१५, अखिल क्रान्तिकारीकी अनुप अत्रीले ४३ र अनेरास्ववियुका सुमन पुलामीले १४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका सुवास बिडारीले १४८, नेबिसंघका दुष्यन्त गौतमले ३११, स्वतन्त्रका गणेश बहादुर शाहीले ६९ र स्वतन्त्रका सुदिक्षा भट्टराईले १२३ मत प्राप्त गरेकी छन् ।
