नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा खड्का सर्वसम्मत चयन

धनगढी । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन् ।

पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कमिटी चयन गरेको हो । अधिवेशनबाट धनबहादुर बोहरा र शिवबहादुर कुँवर उपाध्यक्षमा चयन भएका छन् ।

सुरेन्द्रमान कार्की सचिवमा चयन हुँदा उपसचिवमा गणेश साउँद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष खड्काले पार्टीको चौतर्फी विकासमा कटिबद्ध भए लागिपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *