तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलाप गर्ने थप ७ जना पक्राउ परेका छन् ।

उनीहरूलाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुर तथा आपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको हो ।

सात जनालाई काठमाडौँको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गतः रुपन्देही, देबदह नपा, घर भएका वर्ष ४७ को प्रेम थापा मगर रहेका छन् ।

यसैगरी आपराधिक उपद्रव कसुर अन्तर्गतः झापा, गौरादह नपा–१ गौरादह घर भएका वर्ष २१ को समिर मगर, रामेछाप, सुनापति गापा–१ घर भएका वर्ष २२ को सुरेश गौतम, ताप्लेजुङ, फुलुङ नपा–३ घर भएका वर्ष २३ को सुशिल बराल छन् ।

त्यस्तै नुवाकोट, बेलकोटगढी नपा–७ घर भएका वर्ष २७ को रमेश राई, अछाम, पंचदेवल नपा घर भएका वर्ष २० को गोकर्ण शाही र संखुवासभा, पाचखपन नपा–२ घर भई हाल काजि कागेश्वरी मनोहरा नपा–९ बस्ने वर्ष ३९ को मुकुन्द दहाल रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *