गण्डकीलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन : मुख्यमन्त्री पाण्डे

बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन भएको बताएका छन् ।

बागलुङमा बुधबारआयोजित धार्मिक सम्मेलन तथा ऐतिहासिक चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै उनले सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा प्रदेश सरकार लागेको बताए ।

धार्मिक तथा पर्यटकीय हिसाबले गण्डकी प्रदेश अब्बल रहेको उल्लेख गर्दै हरेक वर्ष प्रदेश सरकारले करोडौँ रकम पूर्वधार निर्माण र प्रवर्द्धनमा लगानी गर्दै आएको उनको भनाइ छ ।

धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकलाई केही समय अडिने वातावरण बनाउँदा त्यसले प्रदेश र स्थानीय तहको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

मुख्यमन्त्री पाण्डेले भने, “प्राकृतिक सुन्दरता र धार्मिक हिसाबले गण्डकी प्रदेश पवित्र छ, बर्सेनि हजारौँ विदेशी धार्मिक पर्यटक यहाँ आउँछन्, उनीहरूलाई धेरै दिन यस क्षेत्रमा टिकाउनका लागि अझै धेरै पूर्वाधार निर्माण गर्न जरूरी छ, सीमित स्रोत साधानका कारण एकै पटक धेरै काम गर्न सकिएको छैन, यद्यपि क्रमिक रूपमा गर्दै जाने छौँ ।”

मुख्यमन्त्री पाण्डेलले नेपाल, बहुभाषा, बहुधर्म, बहुसंस्कृति भएको देशमा धार्मिक सहिष्णुता विथोल्ने प्रयास भएको बताए । पछिल्लो समय अराजकता मौलाउँदै गएको भन्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न जरूरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *