ट्रम्पद्वारा नयाँ आयात कर घोषणा, अप्रिल ५ देखि लागू हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रिने सम्पूर्ण सामानहरूमा नयाँ आयात कर (ट्यारिफ) लगाउने योजना सार्वजनिक गरेका छन् । बुधबार गरिएको घोषणाअनुसार, अबदेखि अमेरिकाका सबै व्यापारिक साझेदारहरूलाई कम्तीमा १० प्रतिशतको आयात शुल्क लागु हुनेछ, जसले वैश्विक व्यापारलाई प्रभावित गर्ने अनुमान गरिएको छ ।

त्यति मात्र नभई, अनुचित व्यापार नीति अपनाउने केही देशहरूमाथि थप कडा आयात कर लगाइने ट्रम्पले बताएका छन् । यो शुल्क ५० प्रतिशतसम्म पुग्न सक्नेछ, जसलाई उनले ‘पारस्परिक आयात शुल्क’ को संज्ञा दिएका छन् । विशेष गरी, युरोपियन युनियन, चीन, भियतनाम, जापान, भारत लगायतका देशहरू यस शुल्कको प्रभावमा पर्नेछन् ।

राष्ट्रपति ट्रम्पले यी देशहरूलाई अन्तर्राष्ट्रिय व्यापार नियमको प्रमुख उल्लंघनकर्ता भन्दै तीव्र आलोचना गरेका छन् । विश्लेषकहरूका अनुसार, यो दोस्रो विश्वयुद्धपछिको व्यापार प्रणालीमा आएको सबैभन्दा ठूलो परिवर्तन हो, जसले विश्वव्यापी आपूर्ति श्रृंखला र आर्थिक सम्बन्धहरूलाई असर पार्न सक्छ । यो व्यापार शुल्क अप्रिल ५ देखि लागू हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *