नेपालमा सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । केही दिनदेखि निरन्तर रेकर्ड बनाएको सुनको मूल्य बुधबार घटेको थियो ।

तर, बिहीबार तोलामा १ हजार २ सय रुपैँयाले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो ।

अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा १ लाख ७९ हजार १ सय रुपैयाँका कारोबार भएको थियो । दीको मूल्य भने २५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *