त्रिचन्द्रको स्ववियु सभापतिमा नेविसंघका गोविन्द कोइराला निजयी


काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार गोविन्द कोइराला अध्यक्ष पदमा विजयी भएका छन् ।
नेविसंघले सम्पूर्ण प्यानलसहित जित हात पारेको नेविसंघका केन्द्रीय प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । उनका अनुसार कुल २६७१ मत खसेकोमा कोइरालाले १२१५ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भ ए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत पाएका थिए भने अनेरास्ववियुका उम्मेदवार प्रमित विष्टले ४३१ मत ल्याएका थिए ।
यस चुनावमा नेविसंघविरुद्ध विभिन्न ७ वटा विद्यार्थी संगठनहरूबीच गठबन्धन बनेको थियो । अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी बहुमत), अनेरास्ववियु (समाजवादी) लगायतका ६ कम्युनिस्ट घटकका विद्यार्थी संगठनहरू तथा एक आदिवासी जनजाति महासंघको विद्यार्थी संगठनले मोर्चा बनाएर उम्मेदवारी दिएका थिए ।
नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले गठबन्धनको मोर्चालाई पराजित गर्दै नेविसंघका कोइरालाले अध्यक्ष पदमा जित हासिल गरेको बताए । विजयी भएका कोइराला नेपाली कांग्रेसका महामन्त्री गगन थापानिकट मानिन्छन् ।
