काठमाडौंमा अत्याधिक बढ्दै प्रदूषण

२०८१ चैत २१ गते

काठमाडौं । काठमाडौंमा केही दिन यता अत्याधिक मात्रामा प्रदूषण बढेको छ ।
काठमाडौं उपत्यकामा प्रदूषित हावाका कारण आकाश धुम्म छ । केही दिन यता काठमाडौं सहर विश्वकै प्रदूषित सहर बनेको छ ।
प्रदूषणका कारण आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्याहरू बढी देखिएका छन् । आज बिहान पनि काठमाडौंको प्रदूषण खतरनाकको तह भन्दा माथि छ ।
प्रदूषण बढेसँगै दीर्घ रोगी, गर्भवती महिला, बालबालिकाहरूमा बढी असर पर्ने भन्दै चिकित्सकहरूले घरभित्रै बस्न आग्रह गरेका छन् ।
चिकित्सकहरूले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।

२०८१ चैत २१ गते
प्रतिक्रिया