अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले कार्यालय पुगेर हाजिर गरे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् ।

उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरूको सहयोगमा उनले हाजिर गरेका हुन् ।

साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरू तलब पाउनबाट वञ्चित भएका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबिच तनाव उत्पन्न भएको थियो ।

कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए । प्रमुख बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लगाइएको थियो तर कर्मचारीहरूले ताल फोडेर गुरागाईंलाई हाजिर गराएका हुन् ।

प्रमुख बालेन्द्र साहले गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *