सरकारलाई शिक्षक महासंघको जवाफ- ऐन जारी गर्ने भए मात्र मन्त्रालय जान्छौँ

२०८१ चैत २१ गते

काठमाडौँ । आन्दोलनरत शिक्षक महासंघले सरकारले ऐन जारी गर्ने भए मात्र वार्तामा आउने बताएका छन् ।
बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि बोलाएको हो ।
महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीलेले पहिले नै वार्तामा बसेर सहमति भइसकेको र फेरि वार्ता, सहमति आवश्यक नभएको जानकारी दिएको छ ।
उनले भने ‘ऐन जारी गर्ने भए मात्र मन्त्रालय जान्छौँ । सहमति र छलफलको आवश्यक छैन ।’
हिजो बुधवार विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको अगुवाइमा र्याली निकालिएको थियो । उक्त र्यालीमा देशभरका ५० हजारभन्दा बढी शिक्षकहरू सहभागी थिए ।
आज पनि शिक्षक महासंघले आन्दोलन निकालेको छ ।
तस्बिरहरू :

२०८१ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित